सवारी दुर्घटनामा एक जनाको मृत्यु

साँगुरीगढी गाउँपालिका–७ गर्जुवास्थित सडकमा को.१ च ३२८० नम्बरको मारूती भ्यान र को.३३ प ८३५७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–६ बस्ने २५ वर्षीय दिवश तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मारूती भ्यान र मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×