अर्जुन सापकोटाको स्वरमा 'तिहारै आएसी यसै रमाइलो'...[भिडियो]

काठमाडौँ - नजिकिँदो तिहारसँगै दिनहुँजसो युट्युबमा नयाँ-नयाँ तिहार गीतहरू सार्वजनिक भइरहेका छन्। नयाँ-नयाँ देउसी गीतहरु आइरहेका छन्। त्यहीमध्येको एउटा गीत हो, यसै रमाइलो।

तिहारै आएसी यसै रमाइलो। झिलिमिली बत्तिले देशै रमाइलो।

गायक एवं सर्जक अर्जुन सापकोटाले आइतवार आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ‘यसै रमाइलो’ बोलको तिहार गीत सार्वजनिक गरेका हुन्। तिहार आएपछि यसै रमाइलो हुने कुरा गरिएको गीतका शब्दहरू यज्ञ सापकोटाले कोरेका हुन्।

अर्जुन सापकोटाले ती शब्दहरूमा संगीत भर्नुका साथै स्वर समेत दिएका छन्। गीतलाई एरेन्ज भने सुनिल परियारले गरेका छन्। गीतमा ग्रुप स्वर भने यज्ञ सापकोटा र श्रीधर अधिकारीले दिएका छन्। भिडियोमा गायक अर्जुन स्वयं प्रस्तुत भएका छन्।

जेरी भण्डारीको निर्देशन रहेको भिडियोमा अर्जुनका साथमा यज्ञ सापकोटा, सन्तोष सापकोटा, क्रिष्टल सापकोटा, बादल घिमिरे, टंक डुम्रे, श्रीधर अधिकारी लगायत पनि देखिएका छन्।

करन चैसिरको छायाँकन रहेको भिडियो सुजन कोइरालाको सम्पादन रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×