मंगलवार प्रदेश १ का उच्च पहाडी भेगमा हिमपात तथा देशभर सामान्य बदली हुने

काठमाडाैं । मंगलवार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश र बाँकी पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्यतया बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाकाे भनाइ छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा सामान्य बदली  रही हल्का हिमपात हुने महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ।

केही दिनदेखि काठमाडाैं  उपत्यकालगायत देशका अधिकांश भाग चिसाे बढ्ने क्रम जारी रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले सबैमा अनुराेध पनि गरेकाे छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×