श्रीलङ्काद्धारा रुस र युक्रेनका पर्यटकको भिषा अवधि थप

एजेन्सी। श्रीलङ्काले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरुको भिषाको म्याद थप्ने निर्णय गरेको छ। उनीहरु अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरुको भिषाको अवधि दुई महिना थप गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्। 


रुसले युक्रेनमाथी आक्रमण गरेपछि अहिले रुस र युक्रेनका बीचमा युद्ध भइरहेको छ। युद्धका कारण युक्रेनमा रहेकाहरु पनि सकेसम्म अन्य देश तर्फ जाने गरेका छन्। सरकारी अधिकारीहरुका अनुसार श्रीलङ्कामा अहिले रुस र युक्रेनका कुल १५ हजारभन्दा बढी पर्यटकहरु रहेको जनाएका छन्। ती मध्ये ११ हजार ४६३ जना रुसका पर्यटक रहेका छन भने तीन हजार ९९३ जना युक्रेनका रहेका छन्। 

श्रीलङ्काको पर्यटन मन्त्रालयको प्रस्तावलाई मन्त्रीपरिषद्ले सोमबार बेलुका पारित गरेको अधिकारीहरुले जनाएका छन्। सरकारको निर्णयबाट लाभान्वित हुने रुस र युक्रेनका पर्यटकले खुशी पनि व्यक्त गरेको समाचारमा जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×