८ महिनापछि हुने टी २० विश्वकपका सबै टिकट केही घण्टामै बिक्री

काठमाडौँ- फुटबलमा अर्जेन्टिना र ब्राजिलको खेललाई समर्थकहरूले बडो उत्सुकताका साथ हेर्न आतुर गर्छन्। त्यस्तै, नै क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल हेर्न पनि समर्थकले त्यति नै उत्सुकता देखाउँछन्। समर्थकले यी दुईबीचको खेल हेर्न कुनै पनि मौका छुटाउँदैनन्। अबको ८ महिनापछि यी दुई प्रतिद्वन्द्वी राष्ट्रबीच टी २० विश्वकपमा खेल हुँदैछ।

उक्त टी–२० विश्वकप आगामी अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुँदैछ। भारत र पाकिस्तानबीचको यो खेल २३ अक्टोबरमा मेलबर्न क्रिकेट मैदानमा हुदैछ। तर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टिकट बेच्न शुरु गरिसकेको छ। सबै टिकट केही घण्टामै बिक्री भएको छ। आईसीसी विश्वकपको अहिलेसम्म दुई लाख टिकट बिक्री भएको जनायो। जसमा, ६० हजार टिकट केवल भारत र पाकिस्तानबीचको खेलको लागि बिक्री भयो। त्यस्तै विश्वकपको फाइनल खेल तथा इंग्ल्यान्ड र न्युजिल्यान्डविरुद्ध अस्ट्रेलियाको समूह चरणका खेलका टिकट पनि धेरै बिक्री भए।

भारत र पाकिस्तानबीच टी–२० विश्वकपमा ६ पटक प्रतिस्पर्धा भइसकेको छ। यस विश्वकपमा यी दुई राष्ट्रबीच सातौं पटक टी–२० विश्वकपमा भेट हुनेछ। अहिलेसम्म भारतले ६ मा ५ पटक पाकिस्तानलाई हराएको छ। पाकिस्तानले गत वर्ष यूएईमा भएको टी–२० विश्वकपमा भारतलाई १० विकेटले हराएको हो। पाकिस्तानको यो भारतमाथि विश्वकप इतिहासमा पहिलो जित पनि हो।

अस्ट्रेलियामा पहिलोपटक २० ओभरको विश्वकप हुँदैछ। उक्त विश्वकपमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। ग्रुप २ मा अन्य राष्ट्रमा दक्षिण अफ्रिका, बंगलादेश र दुई क्वालिफायर रहनेछन्। ग्रुप १ मा आयोजक अस्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड र अफगानिस्तानसहित दुई क्वालिफायर रहनेछन्। हरेक राष्ट्रले समूहमा ५/५ खेल खेल्नेछ। ग्लोबल क्वालिफायर खेल यही फेबु्रअरीदेखि शुरु हुँदैछ, जसमा नेपालले पनि प्रतिस्पर्धा गर्नेछ।

यसपटक पनि गत संस्करणमा झैं वेस्ट इन्डिज र श्रीलंका शीर्ष ८ बाहिर रहेकाले क्वालिफाइङ खेल खेल्नुपर्ने भएको छ। विश्व टी–२० मा शीर्ष आठमा रहेका राष्ट्रले सीधै सुपर १२ मा स्थान बनाए। तर, शीर्ष ८ तल रहेका राष्ट्रले क्वालिफाइङ खेल्नुपरेको छ। नेपाल समाचारपत्रबाट

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×