काठमाडौँ - प्रि-सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा आर्सनलले सेभियाविरुद्ध फराकिलो जित हात पारेको छ। इमिरेट्स स्टेडियममा शनिबार भएको खेलमा आर्सनलले स्पेनिस क्लब सेभियालाई ६-० गोल अन्तरले हराएको हो।
आर्सनललाई जित दिलाउन ग्राबियल जिससले ह्याट्रिक गरेका थिए। बुकायो साका र एड्डी एनकेटिहले १/१ गोल गरेका थिए।
खेलको दशौँ मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। खेलको १३ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए।
१५ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता तेब्बर बनाए। खेलको १९ औं मिनेटमा साकाले व्यक्तिगत तेस्रो गोल गर्दै आर्सनललाई ४-० को अग्रता दिलाएका थिए।
खेलको ७७ औं मिनेटमा जिससले ह्याट्रिक पूरा गर्दा आर्सनल ५-० ले अघि रह्यो। खेलको ८८ औं मिनेटमा एड्डीले गोल गर्दै आर्सनललाई ६- ० को जित दिलाएका थिए।