माैसम अपडेट : चिसाे बढ्ने क्रम तीव्र, सतर्क रहन माैसम विज्ञकाे सुझाव

काठमाडाैं । नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै सतर्क रहन विज्ञहरुले सचेत गराएका छन् । पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकाले पानीको मात्रा कम हुने, धुलोको मात्रा धेरै हुने र त्यो वायुले पृथ्वीको सतह नजिकै बसिरहने भएकाले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरुले सचेत गराएका हुन् ।

पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारु रुपमा हुन नसक्दा यसको सिधा असर जनस्वास्थ्यमा पर्ने भएको भन्दै विज्ञहरुले त्यसतर्फ तयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जलवायुजन्य विपद्बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनीतिक तयारी थाल्नुपर्ने बताए ।

उनले भारतमा हरेक वर्षमा ४ वटा चक्रवातहरु आउने र त्यसको असर नेपालमा पनि पर्ने भएकाले जनताको स्वास्थ्य सुरक्षाका लागि सचेतनासहितको चरणवद्ध तयारी थाल्नुपर्ने बताए । यता राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी डा. डिजन भट्टराईले शीतलहर र मनसुनजन्य विपद्को प्रतिकार्य, राहत उद्धार गर्ने कामको कार्यान्वयन गर्ने मुल जिम्मेवारी जिल्ला र स्थानीय तहलाई दिएकोले स्थानीय तहले नै सम्पूर्ण काम गर्ने बताए ।

संविधानले विपद् व्यवस्थापनलाई एकल अधिकारको क्षेत्रमा राखेका कारण स्थानीय विपद् व्यवस्थापन समितिले धेरै काम आफै गर्नसक्ने भएकोले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय विपद् व्यवस्थापन समितिलाई नीतिगत रुपमा बलियो बनाउन लाग्ने बताए । प्रवक्ता भट्टराईले स्थानीय विपद् व्यवस्थापन समितिले मागेका कुराहरु प्राधिकरणले पूरा गर्ने बताउनु भयो । उहाँले स्थानीय तहले मागेअनुसारको राहत दिन पनि प्राधिकरण तयार रहेको बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×