दिपेन्द्रको अलराउन्डरतर्फको वरीयता यथावत

काठमाडौँ - दिपेन्द्र सिंह ऐरीको आईसीसी टी-२० अलराउन्डरतर्फको वरीयता यथावत रहेको छ।

आईसीसीको पछिल्लो वरीयताक्रम अनुसार दिपेन्द्र नवौँ स्थानमा यथावत रहेका हुन्। उनको यो अहिलेसम्मकै सबैभन्दा उच्च वरीयता हो। 

ब्याटिङतर्फ भने दिपेन्द्र ४२ औँ स्थानमा यथावत छन्। ब्याटिङतर्फ नै कुशल भुर्तेल ३८ औँ स्थानमा यथावत रहदा आशिफ शेख ९८ औँ स्थानमा यथावत रहेका छन्। 

बलिङतर्फ कप्तान सन्दीप लामिछाने ४० औँ स्थानमा यथावत छन् भने अविनाश बोहरा १ स्थान तल ९३ औँ स्थानमा झरेका छन्। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×