म्यानचेस्टर सिटी हालान्डलाई अनुबन्ध गर्ने तयारीमा

काठमाडौँ - म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डबाट अर्लिङ हालान्डलाई अनुबन्ध गर्ने तयारी गरेको छ। स्रोतहरूलाई उद्धृत गर्दै स्पोर्ट्समेल २१ वर्षीय युवा खेलाडी इतिहाद आउने अपेक्षा गरिएको उल्लेख गरेको छ। दुई पक्षबीच व्यक्तिगत रुपमा छलफल भैसकेको र दुई क्लबबीच सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको बताइएको छ।

डर्टमन्डसँगको सम्झौतामा हालान्डको ६३ मिलियन पाउण्डको रिलीज क्लज छ। खेलाडीको एजेन्टको शुल्कका साथै साइन-अन बोनस आदि गरेर उनलाई अनुबन्ध गर्न कूल १०० मिलियन पाउण्ड लाग्ने सम्भावना छ।

बार्सिलोना र पेरिस सेन्ट-जर्मेनले पनि उनीबारे चासो देखाउँदै छ तर सिटीको सबैभन्दा महत्त्वपूर्ण प्रतिद्वन्द्वी रियल म्याड्रिड हो, जसले गोल मेसिनको हस्ताक्षरको लागि अन्तिम संघर्ष जारी राख्नेछ। हालान्डले बुन्डेसलिगा टोलीका लागि ७९ खेलमा ८० गोल गरेका छन् र करियरमा १९० खेलबाट १४९ गोल गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×