एफ ए कप: तीन महिनामा दोस्रो पटक फाइनलमा भिड्दै चेल्सी र लिभरपुल

काठमाडाैँ - इंग्लिस फुटबल प्रतियोगिता एफ ए कपको उपाधिका लागि आजराति लिभरपुल र चेल्सी आमनेसामने हुँदैछन्। यो खेल नेपाली समय अनुसार राती साँढे नौं बजे सुरु हुनेछ। 

सात पटकको च्याम्पियन लिभरपुल र आठ पटकको च्याम्पियन चेल्सी दोस्रो पटक एफ ए कपको फाइनलमा भिड्न लागेका हुन्। पछिल्लो पटक निकै राम्रो लयमा रहेको लिभरपुलका लागि यो सिजनको दोस्रो उपाधि जित्ने सुनौलो अवसर रहेको छ। यसअघि काराबाओ कपको उपाधि जितेको लिभरपुल च्याम्पियन्स लिगको पनि फाइनलमा पुगेको छ भने प्रिमियर लिगको उपाधिको पनि होडमा छ। 

गत फेब्रेवरीमा भएको लिग कपमा पनि लिभरपुलले चेल्सीलाई अतिरिक्त समयमा हराउँदै उपाधि जितेको थियो। आजको खेलमा लिभरपुलका लागि मोहम्मद सलाह र साडियो मानेको काँधमा धेरै जिम्मेवारी हुनेछ। यस्ते डियाज, फेरमिनो, डियागो जोटापनि उत्कृष्ट लयमा छन। 

यता चेल्सी लगातार तेस्रो पटक एफ ए कपको फाइनलमा पुगेको हो भने पछिल्ला ६ सिजनमा पाँच पटक उसले फाइनल खेलेको छ। यता लिभरपुल भने १० बर्षपछि एफ ए कपको फाइनल खेल्दैछ।

लिभरपुलले अन्तिमपटक सन् २००६ मा एफए कपको उपाधि जितेको थियो। यो फाइनल खेल अर्को रुपमापनि बिशेष हुनेछ। किनकी यो प्रतियोगिता सुरु भएको एक सय ५० बर्ष पनि आजकै दिन पुरा हुँदैछ। 

लिभरपुलले अन्तिम पटक फाइनल जितेपछि चेल्सीले पाँच पटक यो प्रतियोगिताको उपाधि जितिसकेको छ। यो खेलका लागि ८५ हजार दर्शक मैदानमा पुग्ने बताइएको

सन् २०२० को फाइनल बन्द रंगशालामा खेलाइएको थियो। अघिल्लो सिजनमा पनि मात्र २० हजार दर्शकलाई वेम्ब्लेमा प्रवेश गराइएको थियो। करिव तीन बर्षपछि वेम्ब्लेमा दर्शकले खचाखच भरिनेछ। 

यो खेलका लागि चेल्सीका दुई मुख्य खेलाडी भने हुनेछैनन्। मिडफिल्डर काटियो कोभासिस एंकलको चोटका कारण मैदान बाहिर हुनेछन भने कान्टेलाई फिटनेसको समस्या रहेको छ। लिभरपुलका फाबिन्हो चोटका कारण यो खेलमा हुने छैनन्। 

लिग कपको फाइनलमा र एफ ए कपको फाइनलमा एउटै टिम आमनेसामने भएको यो पहिलो पटक हो। यो भिडन्त लिभरपुल र चेल्सीका लागि पछिल्लो तीन सिजनमा १० औं पटक हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×