यू-२० एसियाकप छनोट: भुटानसँग नेपाल पराजित

काठमाडाैँ - एएफसी यू-२० एसियाकप छनोटमा नेपाल समूहको पहिलो खेलममा भुटानसँग २-० ले पराजित भएको छ। बहराइनको खलिफा स्पोर्ट्स रंगशालामा गएराति भएको खेलमा नेपाल भुटानसँग अप्रत्यासित रुपमा २-० ले पराजित भएकाे हाे।

भुटानले खेलमा ३३ औँ मिनेटमा सोनाम चोजाङको गोलमार्फत अग्रता बनाएको थियो। भुटानको मिडफिल्डबाट आएको लामो पासलाई नेपाली डिफेन्सले क्लियर गर्न नसक्दा पाएको अवसरलाई सोनामले गोलमा परिणत गरेका थिए।

पहिलो हाफमा १-० को अग्रता बनाएको भुटानले दोस्रो हाफको अग्रता दोब्बर बनायो। कर्मा टासी जाम्सोले अग्रता दोब्बर बनाएसँगै भुटान उत्साही रह्योर इन्ज्युरी समयको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो। अभिषेक वाइबा विपक्षीविरुद्ध खराब ट्याकल गर्न पुगेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए।

योसँगै गत महिना सम्पन्न साफ यू-२० च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्दै तेस्रो भएको नेपाल एसिया कप छनोटमा भने खराब प्रदर्शनको सिकार भएको छ। प्रतियोगितामा नेपाल र भुटानसँगै कतार, आयोजक बहराइन र बंगलादेश रहेका छन्। एएफसी यू-२० छनोटमा अब कतारको सामना गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×