काठमाडौँ - आइसीसी टी-२० विश्वकप छनोट प्रतियोगिताको फाइनलमा नेपालले ओमानलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनाएको हो ।
गुल्सन झा र कप्तान रोहित पौडेलको अर्धशतकसहित नेपालले २० ओभरमा उक्त रन बनाएको हो । नेपालका लागि गुल्सन झाले विस्फोटक ५४ रन बनाए । उनी २५ बलमा ५४ रन बनाउदै आउट भए ।
त्यस्तै कप्तान रोहित पौडेलले ५२ रन बनाएका थिए । करण केसीले २० रन हानेका थिए । नेपालले सुरुवाती झट्का ब्यहोर्दै आशिफ शेख ६ रन बनाउँदै आउट भएका थिए भने सन्दीप जोराले १० रन बनाएका थिए ।
त्यसपछि अर्का विस्फोटक ब्याट्सम्यान कुशल भुर्तेल ३१ रनमा आउट भएपछि नेपाल ४९ रनमा ३ विकेट गुमाएको थियो ।