फाकुन्डो ब्राइटनमा अनुबन्धित

काठमाडाैँ - इंग्लिस क्लब ब्राइटनले अर्जेन्टिनी अट्याकीङ मिडफिल्डर फाकुन्डो बुओनोटलाई अनुबन्ध गरेको छ।

ब्राइटनले अर्जेन्टिनी क्लब क्लब एट्लेटिको रोजारियो सेन्ट्रलबाट मिडफिल्डर फाकुन्डोलाई अनुबन्ध गरेको हो।

१७ वर्षीय मिडफिल्डर फाकुन्डो जनवरीमा ब्राइटनमा आबद्द हुने छन्। रोजारियो सेन्ट्रलको एकेडेमीमा हुर्किएका उनले गत फेब्रुअरीमा सिनियर टोलीमा डेब्यु गरेका थिए।

उनी अर्जेन्टिनाको यू-२० टोलीमा समेत परिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×