गठबन्धन कायमै रहन्छ : अध्यक्ष नेपाल

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय सत्ता गठबन्धन कायमै रहने बताएका छन् । 

पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जलि दिन आज सप्तरी आउनु भएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै  सङ्घीय र प्रदेशसभाको निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए ।

“उम्मेदवारका विषयमा गठबन्धनबीच छलफल भइरहेको छ”, उनले भने । उम्मेदवारको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गरी टुङ्गो लगाइने उहाँको भनाइ थियो । आफ्नो पार्टीबाट छिट्टै नै मन्त्री परिवर्तन हुने अध्यक्ष नेपालले बताए ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×