चैतको वर्षाले राहत: डढेलो नियन्त्रण

काठमाडौँ - महोत्तरीका वन क्षेत्रका लागि पछिल्लो वर्षाबाट राहत पुगेको छ। शनिबार र आइतबार राति  वर्षा भएपछि यहाँको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ। 

वर्षाका कारण डढेलो निभाउन मद्दत पुगको डिभिजन वन कार्यालयका प्रमुख विनोदकुमार सिंहले बताए। जिल्लाको ३०० हेक्टरभन्दा बढी क्षेत्रफलमा वनमा डढेलो लागेको थियो। “डढेलो नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो”, उनले भने। वन्यजन्तुको चोरी शिकार, रूख कटान र जताततै डढेलो बढेपछि कार्यालयले विभिन्न टोली खटाएको थियो। पछिल्लो वर्षाले नयाँ बिरुवा हुर्कन मद्दत गरेको छ। जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक, कवुलियती र सागरनाथ वन परियोजनासहित २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको छ।

वर्षाबाट खेतीपाती गर्न राहत मिलेको छ। रुखिएको जग्गा खनजोत गर्न सहज भएको किसान बताउँछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×