धादिङमा श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ

काठमाडौं । धादिङमा श्रीमतीको हत्या गरी सामुदायिक वनान शव फालेको आरोपमा एक पुरुष पक्राउ परेको छ ।

धुनीबेसी नगरपालिका–२ निवासी रामचन्द्र बलयकोटीले २१ वर्षीया श्रीमती पवित्राको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । उनले श्रीमतीको हत्या गरी शव धैरेनी सामुदायिक वनको बाटोमा फालेको प्रहरीले जानकारी दिएको छ।

आइतबार हत्या गरी भागेका रामचन्द्रलाई इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको टोलीले गएराति पक्राउ गरेको हो। उनले श्रीमतीको अनुहार, घाँटी र पाखुरासहित ८ ठाउँमा धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरीले बतायो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×