काठमाडौँ - यो वर्षको सर्वाधिक व्यापार गरेको चलचित्र कबड्डीको अर्को शृंखला निर्माण केही ढिला हुने भएको छ।
यो चलचित्रको निर्माता निर्देशक रामबाबु गुरुङ यतिबेला बाहिरी ब्यानरको नयाँ चलचित्र ‘फुलबारी’को निर्देशनमा जुटेका छन्। उनी नयाँ फिल्मको निर्देशनमा जुटेपछि कबड्डीको अर्को शृंखला बमकाजीको निर्माण केही समय पछि सर्ने भएको छ।
रामबाबुले निर्देशन गर्ने नयाँ चलचित्र फुलबारीको बुधबार काठमाडौंमा एक समारोह निर्माणको घोषणा गरिएको छ। व्यवसायिक ग्रुप यसोदा कम्पनीको यसोदा फिल्म्सले यो चलचित्रको निर्माण गर्दैैछ।
भदौबाट छायाँकन सुरु हुने यो चलचित्रको मुख्य भूमिकामा बिपिन कार्की, दयाहाङ राई, प्रियँका कार्की, अरुणा कार्की, सृजना सुब्बा, अनुपम शर्मा, सोमनाथ खनाल, लोकेन्द्र लेखक, मनिष ढकाल, साक्षकी सिंह भण्डारी, रोजा राउत, रुपेश दाहाललगायत रहेका छन्।
आफ्नो बिगतका फिल्म जस्तै फुलबारी पनि हास्यप्रधान जनराको चलचित्र हुने पनि निर्देशक गुरुङले बताएका छन्। चलचित्रको कथा निकै राम्रो लागेका कारण आफुले यो चलचित्रको निर्देशनको जिम्मा लिएको बताएका छन्।
अभिनेता विपिन कार्कीले रामबाबु राम्रो सिनेमा बनाउने निर्देशक भएकाले उनीसँग आफु पहिलो पटक यो फिल्ममा आबद्ध भएको बताएका छन्। अर्का अभिनेता दयाहाङ राईले उधोगी समुह यसोदा ग्रुप निर्माण उत्रिएको र निर्देशन सहितको टिम राम्रो भएकाले यो फिल्ममा काम गरेको बताएका छन्।
कार्यक्रममा बोल्दै अभिनेत्री प्रियँका कार्कीले करिब ३ महिनाको मेहनतपछि आफु ३० केजी घटाएर यो फिल्मको चरित्रमा फिट भएको बताएकी छिन्।
फिल्मको निर्माता कमल किशोर मालपानी हुन्। फिल्मलाई उपेन्द्र सुब्बाले लेखेका छन्। निर्माता कथाकार कमल किशोर मुलपानीले अब आफुहरुले चलचित्र निर्माणलाई निरन्तता दिने बताएका छन्।
आफुले लेखेको कथालाई फिल्मी टिमले रुचाएर फिल्ममा ल्याउन लागेकोमा उनले खुसी व्यक्त गरेका छन्।