अनुराग कश्यप नयाँ चलचित्रको तयारीमा

भारत। बलिउडका चर्चित निर्देशक अनुराग कश्यप आफ्नो भिन्न चलचित्रहरुका लागि चिनिन्छन्। उनका चलचित्र यस्तो विषयमा आधारित हुन्छन्, जसमा धेरै कम निर्देशकले चलचित्र बनाउने आँट गर्छन्। अनुराग कश्यपले केहि समयअघि मात्र सामाजिक सञ्जालमार्फत आफू आफ्नो आउँदो चलचित्रका लागि तयार रहेको जनाएका छन्। उनले इन्स्टाग्राममा एक तस्विर शेयर गरेका छन्, जहाँ उनी टेबलमा बसेर स्क्रिप्ट लेखिरहेको देख्न सकिन्छ। उनले तस्विरको क्याप्सनमा लेखेका छन् "मेरो आउँदो स्क्रिप्ट तयार छ। म चाडै आफ्नो नयाँ चलचित्र सुरु गर्नेछु। निखिल आडवाणी र कृति सेनन हामि छाडी यो चलचित्र सुरु गर्नेछौँ।" अनुरागको यो कुराले यो प्रस्ट हुन्छ की चलचित्रमा कृति सेननलाई देखिनेछ। बाँकी कलाकारहरुको बारेमा भने उनले केहि बताएका छैनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×