घुससहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ – घुस रकमसहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन घुस लिने सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ का वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् ।

वडाध्यक्ष सबदुल मियाँलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

वडाध्यक्ष मियाँविरुद्ध विशेष अदालत काठमाडौंमा दायर भएको मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर गरेको प्रवक्ता कार्कीले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×