‘पोइ पर्‍यो काले’को दोस्रो श्रृंखला निर्माण हुने

काठमाडौँ - सौगात मल्ल स्टारर ‘पोइ पर्‍यो काले’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ। फिल्मको सिक्वेलको नाम ‘पोइ पर्‍यो बुढो’ राखिएको छ। फिल्मको छायांकन मंसिरदेखि सुरु हुने निर्माता किरण नेपालीले जानकारी दिएका छन्।

दोस्रो श्रृंखलामा आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठ बाहेकका सबै कलाकार दोहोरिने भएका छन्। नेपालीको अर्को फिल्म ‘२ नम्बरी’का अन्य कलाकारसहित दयाहाङ राई पनि देखिने सम्भावना रहेको छ।

यो कमेडी र सोसल ड्रामा फिल्ममा सौगात र पूजा शर्मा दोहोरिने पक्कापक्की भएको छ। दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्मको पटकथा अहिले आगत केसीले लेखिरहेका छन्।

रेडबर्ड प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा प्रस्तुति गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङेको हुनेछ भने कार्यकारी निर्माताको रुपमा किरण हुनेछन्। चलचित्र विकास बोर्डमा यो शीर्षकमा फिल्म दर्ता भइसकेको छ।

सन् २०१९ मा रिलिज भएको फिल्म ‘पोइ पर्‍यो काले’ले घरेलु बक्स अफिसमा ४ करोड ३० लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो।

यसैबीच, फिल्म ‘२ नम्बरी’ कात्तिक ४ गते नै प्रदर्शन हुने किरणले बताएका छन्। ‘हामी उक्त डेटबाट टसमस हुँदैनौं,’उनले भने, ‘बरु भिड्न तयार छौं।’ तिहारको यो छेकोमा ४ नेपाली फिल्मले प्रदर्शन मिति तय गरिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×