सुनको मूल्यले तोड्यो सबै रेकर्ड, प्रतितोला २ लाख ७० हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्य आइतबार पनि उकालो लाग्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै महँगो मूल्य हो।

यसअघि शुक्रबार पनि सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढ्दै २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला २ सय ७० रुपैयाँले उक्लिँदै ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×