गेराथ बेलले गरे रियाल मड्रिड छाडेको घोषणा

काठमाडौँ - गेराथ बेलले रियाल मड्रिड छाडेको घोषणा गरेका छन्। ९ वर्ष क्लबमा बिताएपछि वेल्सका कप्तानले सामाजिक सञ्जालमार्फत क्लब छाडेको जनाएका हुन्।

३२ वर्षीय खेलाडीले इन्टाग्राममा एक पोस्ट लेख्दै आफ्ना सहकर्मी, म्यानेजर, स्टाफ तथा फ्यानहरुलाई धन्यवाद ज्ञापन गरेका छन्। ‘९ वर्षअघि म रियाल मड्रिडका लागि खेल्ने सपना बोकेको एक युवाको रुपमा यहाँ आएको थिएँ,’ बेलले आफू रियालमा आएर सम्मानित सेतो जर्सी लगाउन, सान्टियागो बर्नेबाउमा खेल्न, उपाधिहरू विशेष गरेर च्याम्पियन्स जित्न आएको जिकिर गर्दै भनेका छन्। पछाडि फर्केर हेर्दा आफ्नो सपना पुरा भएको उनले बताएका छन्।

उनले रियाल छाडेर कहाँ जाने भन्ने खुलाएको छैनन्। विभिन्न मिडिया रिपोर्टहरुमा उनी एथ्लेटिको मड्रिड, कार्डिफ वा कुनै प्रिमियर लिग क्लब जान सक्ने चर्चा रहेको बताइएको थियो। 

पाँच पटकको च्याम्पियन्स लिग विजेता खेलाडी प्रिमियर लिग फर्कन सक्ने सम्भावना रहेको उनकै एजेन्टले हालै मात्र बताएका थिए। २०२२ को विश्वकपमा वेल्स छनोट नभए उनले सन्यास लिने चर्चा पनि चलिरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×