पोखरा - विभागीय टोली नेपाल एपीएफ क्लबका सलिम देवानले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्।
मंगलबार सलिमले ७.०६ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण जितेका हुन्। पोखरा रंगशालामा सलिमले कृष्ण बहादुर गिरिको नाममा रहेको ७ मिटरको कीर्तिमान भंग गरेका छन्।
गिरिले १९९९ मा पाकिस्तानको इस्लामावादमा कीर्तिमान बनाएका थिए। आर्मीका डिल्ली खत्रीले ६.९८ मिटर जम्प गर्दै रजत पदक जित्दा नारायण चौधरीले ६.८२ मिटर जम्प गर्दै कास्य पदक जितेका छन्।