अमेरिकी द भ्वाइसको अन्तिम आठबाट परिजिता 'आउट'

काठमाडौँ - नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठबाट बाहिरिएकी छिन्।​ परिजिता बाँस्तोलाले गत सोमबार डिसेम्बर ५  का दिन सशक्त  प्रस्तुति गरे पनि उनी सेमिफाइनलबाट आउट भएकी हुन्।

आज भएको घोषणामा ८ जना मध्ये ४ जना बाहिरिएका थिए। बाहिरिएका सबैलाई १ पटक गीत गाउने मौका दिइएको थियो।

४ जनाले गीत गाएको ५ मिनेट भित्रमा मतदान गर्न लगाइएको थियो। त्यस मध्ये सबै भन्दा ज्यादा मत ल्याउँदै १ जनालाई ५ औँ स्थानमा अवसर दिँदै अन्तिम ५ मा प्रतिस्पर्धामा सहभागी हुने मौका दिएको थियो।

परिजिता ४ भित्र नपरे पछि उनले बेजोड प्रस्तुति गरेता पनि उनी फाइनलमा प्रवेश गर्न असफल भइन्। उनको यात्रा यही टुंगिएको छ। तर उनी मतमा हारेता पनि मनमा विजयी हासिल गरेकी छिन्। उनले सबैको मन जित्न सफल भएकी छिन्।

गत सोमबार उनले अस्ट्रेलियाली गायिका तथा गीतकार सिया केट इजाबेल फर्लरको अनस्टपेवल गीत गाएकी थिइन् । अमेरिकी द भ्वाइसको २२ औँ संस्करणमा १७ वर्षीय परिजिता बाँस्तोला ८ प्रतिस्पर्धीहरुमा उनको प्रस्तुति उत्कृष्ट मध्येकै एक भएको थियो।

गत सोमबार सबै ८ जना प्रतियोगीहरुको प्रस्तुति अद्धितिय रहेको थियो। एकपछि अर्को चरणमा झन् झन अद्वितीय प्रस्तुति दिँदै आएकी परिजितालाई विश्वभरि छरिएर रहेका नेपाली तथा विदेशीहरुले मत दिएता पनि  उनी अन्तिम ५ मा भित्र पर्न असफल भइन्।

अमेरिकी पूर्वीय समयअनुसार डिसेम्बर ५ तारिख राती ८ बजे देखि मंगलबार बिहान ७ बजेसम्म  मतदानको समय थियो। परिजिता जन लेजेन्डको टोलीमा थिइन्। उनी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×