आफ्नो निर्दोशिताको प्रमाण सहित बयान दिन प्रधानन्यायाधीश सिंहदरबार पुगे

काठमाडौँ - निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा आफ्नो निर्दोशिताको प्रमाण सहित बयानका लागि सिंहदरबारमा पुगेका छन्। उनीसँग समितिले बयान लिन सुरु गरेको छ। आफुले कहिल्यै कानुन र संविधान बाहिर गएर कुनै काम नगरेका प्रधानन्यायाधीश जबराले बार एशोसिएसनले राजिनामाको माग राख्दै आन्दोलन गर्दा पनि आफू   विधानसम्बतरुपमा नियुक्त भएको र विधानसम्बतरुपमा नै निस्किने अडान लिएका थिए।

महाभियोग सिफारिस समितिको  यही भदौ ८ गतेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो। उक्त निर्णयानुसार राणा आज समितिमा आएका हुन्। आफ्ना निहितस्वार्थसहित राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका केहिले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। 

संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे। राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न  महाअभियोग लगाउने बनावटी आधार र कारण प्रस्तु गर्दै पत्र बुझाएको थियो। आज समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई उनीमाथि लागेको आरोपबारे प्रश्न सोध्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×