गायिका सुमिताको ‘नयना’ एल्बम सार्वजनिक

काठमाडौँ - गायिका सुमिता राईको दोस्रो गीति संग्रह ‘नयना’ विमोचन गरिएको छ। कलाकार तथा क्याप्टेन विजय लामा, चलचित्र विकाश बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, गायक उदय सोताङ, निर्देशक मिलन चाम्स, निर्माता ज्योतिराज राई लगायतले उक्त संग्रह विमोचन गरेका हुन्।

विमोचन समारोहमा ‘नयना’ संग्रहमा समावेश ‘यो पल’ बोलको गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो। यो गीतमा उदय सोताङको शब्द तथा संगीत छ भने कृष्ण लिम्बुको एरेञ्ज रहेको छ।

म्युजिक भिडियोलाई मिलन चाम्सले निर्देशन गरेका हुन्। भिडियोमा गायिका सुमिता, उनका श्रीमान् खरुन राई तथा छोरी नयना राईले अभिनय गरेका छन्।

संग्रहमा यो पल, फुल झैँ, फिका फिका तथा सुख खुशी बोलका ५ गीत छन्। सबै गीतहरुमा सुमिताको स्वर रहेको छ। यूगल गीतहरुमा गायक प्रमोद खरेल, गायक रुक्मान लिम्बु तथा बाल गायिका मिन्छाम्मा राईले पनि साथ दिएका छन्।

एल्बममा उदय सोताङ, तारा प्रकाश लिम्बु, गंगाराज राई र खरुन राईको संगीत रहेको छ भने उदय, मुकेश राई, हेमकला किराती र कुमार इश्बोको शब्द रहेको छ। ३ वर्ष अगाडि गायिका सुमिताले ‘सगुन’ शीर्षकको पहिलो एल्बम ल्याएकी थिइन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×