प्रधानमन्त्रीले आज बैतडी र दार्चुलाको चुनावी सभामा सम्बोधन गर्ने

दार्चुला – चुनावी प्रचारप्रसारमा व्यस्तरहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज बैतडी र दार्चुलामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले आज गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न लागेका हुन्। 

यसैगरी बुधबार हुने कार्यक्रममा भने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्नेछन्।

हाल चुनावी प्रचारप्रसारमा व्यस्त रहेका देउवा गृहजिल्ला डडेलधुरामा चारदिने कार्यक्रम सकेर नीजी निवास धनगढीमा रहेका छन्। यसक्रममा उनले राजनीतिक भेटघाटमा निकै तिव्रता दिएका छन्। प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री देउवा राजधानी फर्किने टुंगो अझै लागिसकेको छैन।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×