पोलिस फरवार्ड लेवान्डोस्की भित्र्याउन बार्सिलोनाले गर्‍यो प्रस्ताव

काठमाडौँ - स्पानिस क्लब बार्सिलोनाले फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गर्नका लागि जर्मन क्लब बायर्न म्युनिखसँग प्रस्ताव गरेको छ। बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले जर्मन च्याम्पियन्सबाट यस विषयमा सकरात्मक जवाफ आउने आशा राखेका छन्।

३३ वर्षीय पोलिस फरवार्ड लेवान्डोस्कीले सन् २०१४ देखि बायर्नबाट खेल्दै आएका छन्। तर उनले गत मे मा बायर्नमा छाड्न चाहेको बताएका थिए। बायर्नमा अझै उनको १ वर्षको सम्झौता बाँकी रहेको छ।

बार्सिलोना अध्यक्ष लापोर्टाले प्रस्ताव बारे विस्तृतमा बताएका छैनन् तर लेवान्डोस्कीका लागि बोनससहित ३८ मिलियन पाउण्डको प्रस्ताव गरिएको बीबीसीले जनाएको छ।

लेवान्डोस्कीले बायर्नमा ८ वर्ष बिताउँदा २५२ खेलमा २३८ गोल गरेका छन्। यस्तै ८ बुण्डेसलिगा उपाधि र च्याम्पियन्स लिग जितेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×