मुटुमा देखिएको समस्याका कारण इनोकले लिए २४ वर्षमै सन्न्यास

काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब ब्राइटनका मिडफिल्डर इनोक वेपुले २४ वर्षमै खेलबाट सन्न्यास लिएका छन्। जाम्बियाका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका इनोकले मुटुमा देखिएको समस्याका कारण फुटबलबाट टाढा रहेको जनाएका छन्।

वंशानुगत हृदयाघातका कारण खेलमा फर्कन समस्या हुने डाक्टरको सल्लाहअनुसार उनले सोमबार सन्न्यासको घोषणा गरेका हुन्। ब्राइटनले विज्ञप्ति निकाल्दै इनोकले फुटबल खेल्दा घातक हृदयाघातको उच्च जोखिम रहेको जनाएको छ। ब्राइटनका म्यानेजर रोबर्टाे डी जाब्रीले भनेका छन्, ‘म माफी चाहन्छु, इनोक।’

सन् २०२१ जुलाईमा रेडबुल साल्जबर्गबाट १८ मिलियन पाउन्डमा ब्राइटनमा अनुबन्ध भएका इनोकले २७ खेल खेलेका छन्। इनोक केही समयअगाडि जाम्बियाको टोलीबाट अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट निस्किएका थिए। मैत्रीपूर्ण खेलपछि उनी बिरामी परे। मालीमा अस्पताल छाडेसँगै इनोक थप चेकजाँचका लागि ब्राइटनको अस्पतालमा भर्ना भएका थिए।

उपचारका क्रममा इनोकको मुटुमा समस्या देखिएको थियो। ब्राइटनले सुरक्षाका लागि इनोकले फुटबल खेल्न बन्द गर्नुपर्ने सल्लाह दिएको छ। इनोकले थप उपचारपछि खेलमा फर्कन सक्ने आशा व्यक्त गरेका छन्। ‘फुटबलभन्दा जीवन ठूलो हो, हामीले इनोकको सुरक्षित जीवन बिताउनकै लागि फुटबल खेल्न बन्द गर्ने एउटै विकल्प रोजेका छौँ,’ क्लबले लेखेको छ। 

इनोकले आफ्नो करिअरमा प्रिमियर लिग खेल्ने सपना पूरा भएको बताएका छन्। ‘सानो जाम्बियन खेलाडीले एउटा सपना पूरा गरेको छ। उच्च स्तरको प्रिमियर लिग खेलेको छ। अब बुट थन्क्याउँदा सहज अवस्था पक्कै छैन,’ इनोकले ट्विट गरेका छन्, ‘यो यात्रा र अवसरका लागि सबैलाई धन्यवाद छ !’ उनी लेख्छन्, ‘मेरो खेल जीवनको यात्रा सकिएको छैन। मैले यहीँ संलग्न रहने योजना बनाएको छु। केही क्षमता यहाँ अझै बनाउँछु।’ 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×