टुँडिखेल अपडेट: भागदौडमा घाइते हुने १६ पुगे

काठमाडौँ – काठमाडौँको टुँडिखेलमा भीडमा च्यापिएर घाइते हुनेको संख्या ११ पुगेको छ।

मगर तथा थारु समुदायले आयोजना गरेको माघेसंक्रान्तिको कार्यक्रममा सहभागी हुन आएकाको भीडका कारण च्यापिएर ११ जना घाइते भएका हुन्।

काठमाडौँ प्रहरीका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार कार्यक्रममा आएकाहरुको भीडका कारण पस्ने र निस्कने क्रममा हुल हुँदा च्यापिएर उनीहरु घाइते भएका हुन्।

प्रहरीले भीड नियन्त्रण गर्न लाठीचार्जसमेत गर्नुपरेको थियो। घाइतेहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ भने उनीहरुको अवस्था सामान्य छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×