काठमाडौँ - प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले आफू सर्वोच्च जाने निर्णय लिए लगतै सरकारले उनलाई आफ्नै निवासमा नजरबन्दमा पारेको छ। संसद निष्कृय भए लगत्तै उनले सफाइ पाएको कुरालाई नकार्न सकिँदैन तर सरकारले प्रहरी खटाइ उनलाई आफ्नै निवासमा नजरबन्दमा राखेको छ।
यसमा आपत्ति जनाउँदै आइतबार मानवअधिकारकर्मीहरु उनको निवास पुगेका छन्। आइतबार दिउँसो बालुवाटारमा पुगेका मानवअधिकार कर्मीहरुलाई समेत प्रधानन्यायाधिश निवास प्रवेश गर्न निकै कठिनाइ भएको थियो।