शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक एवं वार्षिक साधारणसभा आगामी माघ २१ र २२ गते कपिलवस्तुमा हुने भएको छ। 

शान्ति समाज कपिलवस्तु शाखाको आतिथ्यतामा जितपुर– ४ मा परिषद् बैठक आयोजना हुन लागेको सभापति गोविन्द खनालले जानकारी दिए। ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षाः सबैको अधिकार’ भन्ने मूल आह्वानसहित परिषद् बैठक सम्पन्न हुन लागेको हो। राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलको संयोजकत्वमा मूल तयारी समिति र विभिन्न उपसमिति गठन भएको छ।

राष्ट्रिय परिषद् समाजको सर्वोच्च नीति निर्णायक अङ्ग हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×