आरबी सेल्सबर्गसँगको खेलमा बार्यन १–१ को बराबरीमा रोकियो

काठमाडौँ- च्याम्पियन्स लिगको ६ पटकको विजेता बार्यन म्युनिख अन्तिम १६ को पहिलो लेगमा बराबरीमा रोकिएको छ। बुधबार राति भएको आरबी सेल्सबर्गसँगको खेलमा बार्यन १–१ को बराबरीमा रोकिएको हो।  

खेलको २१ औं मिनेटमा नै आरबी सेल्सबर्गले खेलमा अग्रता लिएको थियो। यद्यपि उसले खेलको अन्तिम समयसम्म यो अग्रता कायम राख्न भने सकेन। खेलको ९० औं मिनेटमा बार्यन म्युनिखका किंग्सली कोमेनले बराबरी गोल फर्काए। अब यी दुई टोलीहरुबीचको दोस्रो लेग मार्च ९ मा बार्यन म्युनिखको घरेलु मैदानमा हुनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×