धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते

सोमबार दिउँसो  धरानबाट  यात्रु बोकेर भोजपुरका लागि छुटेको को१ख २१७७ नम्बरको बस  कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा सडकबाट करिब ५० मिटर तल खसेको थियो 

दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ५१ वर्षीय रुद्र तामाङ, बसका यात्रु भोजपुरको भोजपुर नगरपालिका– ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका– ६  का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो ।

प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×