जोकोभिचले बनाए नयाँ कीर्तिमान

काठमाडौँ - सर्वियन स्टार नोभाक जोकोभिचले विम्बल्डन टेनिस प्रतियोगितामा विजयी सुरुवात गरेसँगै एक खास कीर्तिमान आफ्नो नाममा गराएका छन्। 

जोकोभिचले विम्बल्डनको पहिलो चरण अन्तर्गत गएराति दक्षिण कोरियाका क्वान सून वूमाथि ३-१ सेटको जित हात पारेका हुन्। 

जोकोभिचले खेल ६-३, ३-६,६-३ र ६-४ ले आफ्नो पक्षमा पारेका हुन्। यो विम्बल्डनमा उनको ८० औं जित हो। यससँगै जोकोभिच चारै ग्राण्डस्लमा टेनिस प्रतियोगितामा ८० वा सो भन्दाबढी खेल जित्ने पहिलो खेलाडी बनेका छन्। 

२० पटक ग्राण्डस्लाम विजेता जोकोभिचले विम्बल्डन बाहेक युएस ओपनमा ८१, फ्रेन्च ओपनमा ८५ र अस्ट्रेलियन ओपनमा ८२ खेल जितेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×