विश्व ट्रेड युनियन महासंघको महासचिवमा भुषाल र कार्यालय सचिवमा नेपाली

काठमाडौं । विश्वका प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघको महासचिवमा लोकराज भुषाल र कार्यालय सचिवमा किशोर नेपाली रहने निर्णय गरिएको छ ।

बुधवार भर्चुअल रुपमा सम्पन्न महासंघको बैठकले उक्त निर्णय गरेको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकले समन्वय समिति नेपालमा आवद्व सबै ट्रेड युनियन महासंघबाट एक एक जना महिला सदस्यको प्रतिनिधित्व गराउने, सचिवालय र विभागहरु गठन गर्ने, आगामी फाल्गुन २४ गते महासंघको दोस्रो बैठक गर्ने लगायतका निर्णय गरेको छ ।

त्यस्तै, आगामी मे महिनाको ५, ६ र ७ गते इटलीको रोममा आयोजना हुने महासंघको १८ ओैं विश्व सम्मेलन सफल पार्न नेपालबाट सक्रियता पूर्वक कार्य गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले नेपाली श्रमिकहरु र आप्रवासी नेपाली श्रमिकहरुलेभोगिरहेका समस्या र राष्ट्रिय श्रम आयोग गठनको विषयमा सरकारलाई ध्यानाकर्षण गराउनेसमेत निर्णय गरेको छ ।

बैठक महासंघका संयोजक प्रेमलकुमार खनाल र सह संयोजक मोहनमान स्वांरको सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×