काठमाडौँ - जर्मन बुन्डेस लिगाअन्तर्गत गएरातिको खेलमा लिग लिडर बायर्न म्युनिख विजयी भएको छ। ऊ घरेलु टोली साल्केविरुद्ध २-० ले विजयी भएको हो।
भेल्टिन्स एरिनामा बायर्नलाई सहज जित दिलाउन सर्ज गिनाब्री र एरिक म्याक्सिम चोउप मोन्टिङले १-१ गोल गरेका थिए। खेलको ३८ औं मिनेटमा गिनाब्रीको गोलमार्फत बायर्नले अग्रता लिएको थियो।
५२ औं मिनेटमा मोन्टिङले गोल गर्दै पाहुना टोलीलाई २-० को सहज जित दिलाए। यो जितसँगै १५ खेलमा ३४ अंक जोडेको बायर्न शीर्ष स्थानमा कायम रहँदा पराजित साल्के समान खेलबाट ९ अंकका साथ पुछारमा रहेको छ।