हसरंगालाई दिएन श्रीलंकन क्रिकेट बोर्डले द हन्ड्रेड खेल्ने अनुमती

काठमाडौँ - श्रीलंका क्रिकेट (एसएलसी) ले हन्ड्रेडमा खेल्नका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)  दिन अस्वीकार गरेपछि श्रीलंकन बलर वानिन्दु हसरंगाले म्यानचेस्टर ओरिजिनल्ससँगको आफ्नो  सम्झौता रद्द गर्नु परेको छ। म्यानचेस्टरले उनीसँग १ लाख पाउण्डको सम्झौता गरेको थियो।

क्लबले हसरंगाको स्थानमा दक्षिण अफ्रिकान खेलाडी ट्रिस्टन एसएलसीका प्रमुख कार्यकारी एश्ले डे सिल्भाले क्रिकइन्फोसँगको कुराकानीमा भनेका छन्। ‘बोर्डले उनको अनुरोध अस्वीकार गरेको छ किनभने हामी २७ अगस्टबाट सुरु हुने एसिया कप र यस वर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी-२०विश्वकप अघि खेलाडी शारीरिक र मानसिक रूपमा तयार रहुन भन्ने चाहन्छौं।’

यसअघि ओरिजिनल्सले यसअघि हसरंगाले लंका प्रिमियर लिगमा व्यस्त हुनाले द हन्ड्रेड गुमाउने अपेक्षा गरेको थियो। तर लंका प्रिमियर लिग अनिश्चित कालका लागि स्थगित भइसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×