देउडा भाकाको गीत ‘खेल मेरी दर्कादरी’ सार्वजनिक

काठमाडौँ -  ‘ओइ काजल…’ गीतबाट नाम कमाएका सुदुरपश्चिमेली गायक चक्र बमले दर्शक-स्रोतालाई अर्को मिठो सौगात दिएका छन्। उनले गायिका अनिता चलाउनेसँग देउडा भाकामा गाएको गीत ‘खेल मेरी दर्कादरी’ भर्खरै युट्यूवमा रिलिज गरिएको छ।

यो गीतमा चक्र बमकै रचना र संगीत रहेको छ। डोटेली भाषा नबुझ्ने पनि गीतको कर्णप्रिय संगीत र मिठासपूर्ण स्वरबाट मोहित बन्न सक्छन्। यद्यपि, दर्शक-स्रोताको सहजताका लागि युट्यूवमा गीतको पुरा लिरिक्स राखिएको छ।

गीतको भिडियोमा पनि चक्र र अनिता नै फिचर्ड रहेका छन्। भिडियोको निर्देशन शिव बिकेले गरेका छन्।

गीत चक्र बमको आफ्नै युट्यूव च्यानलबाट रिलिज गरिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×