नवौँ राष्ट्रिय खेलकुदका पदक विजेतालाई सम्मान गरिने

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताएका छन्।

नवौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा आज यहाँ आयोजित प्रदेशस्तरीय छनौट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले नवौँ राष्ट्रियमा अब्बल हुने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताएका हुन्। राष्ट्रलाई चिनाउन खेलाडीको अहम् भूमिका हुने उनको भनाइ थियो।

सबै जिल्लामा खेलकुदका संरचना निर्माणका साथै खेलाडीको क्षमता वृद्धिका लागि कार्यक्रम अगाडि बढाएको मुख्यमन्त्री भट्टले बताए।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहले राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ खेलमध्ये ३३ खेलमा सुदूरपश्चिम प्रदेशको सहभागिता रहने जानकारी दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×