आज नामिबियासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ - आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै छ। स्कटल्यान्डको भ्रमणमा रहेको नेपाली टोलीले आफ्नो तेस्रो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र नामिबियाको खेला आज अपराह्न ३ः४५ बजेबाट सुरु हुनेछ।

नेपालले स्कटल्यान्ड भ्रमणका क्रममा यसअघि भएका २ खेलमध्ये एउटामा जित र एउटामा हार व्यहोरेको छ। पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो।

नेपालले पछिल्लो ५ खेलमा २ मा जित, एउटा बराबरी र २ मा हार व्यहोरेको छ। त्यस्तै, नामिबियाले पछिल्लो ५ खेलमा २मा जित र ३मा हार ब्यहोरेको छ।

लिग-२ अंक तालिमामा पनि नेपाल माथि रहेको छ। नेपाल १८ खेलमा १७ अंक बटुलेर पाँचौ नम्बरमा छ भने नामिबिया १७ खेलमा १६ अंक बटुलेर छैटौं नम्बरमा रहेको छ।

अहिलेसम्म ओमन ३६ खेलमा ४४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने पपुवा न्युगिनी २० खेलमा दुई अंक छोडेर पुछारमा रहेको छ। यसको शीर्ष ३मा रहेका टोली सन् २०२३ को विश्वकप छनोट खेल्न पाउनेछन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×