अवैध रकमसहित दुई पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सप्तरीले स्रोत नखुलेको रु. नौ लाख ९० हजारसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ बस्ने २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय दिलिपकुमार मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। राजविराज नगरपालिका–५ मा प्रदेश नं २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवै जनालाई उक्त रकम र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरी पठाइएको काफ्लेले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×