मेनुकालाई एआई जडित स्मार्ट भिजन चस्मा

काठमाडौं । गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् ।

इन्डियन आइडलमा चर्चा कमाइरहेकी नेपाली गायिका पौडेलले आइतबार साँझको एपिसोडमा उक्त चस्मा प्राप्त गरेकी हुन् । भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा गायिका पौडेललाई दिएका हुन् ।

चस्मामा क्यामेरा जडान छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत चित्र बताउँछ । चस्माको सेन्सरमा एआई जडान गरिएको छ ।

लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमा पुगेका थिए । ती डाक्टरले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा प्रदान गरेका थिए ।

उक्त चस्मा लगाएपछि अब मेनुकाले एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने छिन् ।

आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र पर्न सफल मेनुका उपाधिको दाबेदारसमेत हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×