भारत। बलिउड अभिनेत्री ट्विंकल खन्ना र अक्षय कुमारको जोडी बलिउड सिने जगतको एक सुन्दर जोडीमा पर्छन्। उनीहरुको जोडीलाई हेरेर धेरैले उदाहरण पनि दिने गरेको पाइन्छ। अक्षय र ट्विंकलले सन् २००१मा विवाह गरेका हुन्। जोडी वैवाहिक बन्धनमा बाँधीएको २० वर्ष नाघिसकेको छ। उनीहरुका दुई सन्तान रहेका छन्, जसको नाम आरव र नितारा रहेको छ।
विवाहपश्चात ट्विंकलले सिने जगतबाट दुरी बनाइन् भने अक्षय अझै चलचित्रहरुमा सक्रिय रहेका छन्। ट्विंकल खन्नाले एक अन्तर्वार्तामा बताइन् की राजेश खन्नाका ज्योतिषले धेरै पहिले नै उनको विवाह अक्षयसँग हुने बताएका थिए।