'प्रेम गीत ३' को टोली कोलकातामा

काठमाडौँ - पहिलो इन्डो-नेपाली द्विभाषी चलचित्रको रुपमा निर्माण भएको प्रेम गीत ३ का कलाकार प्रमोशनका लागि शुक्रबार कोलकाता पुगेका थिए।

प्रदिप खड्का र क्रिस्टिना गुरुङले अभिनय गरेको प्रेम र गीतको प्रेमकथालाई पछ्याइएको यो एक्सन ड्रामा आगामी सेप्टेम्बर २३ (असोज ७) मा हलमा रिलिज हुँदैछ।

सन्तोष सेनले निर्देशन गरेको र सुभाष काले र प्रशान्त गुप्ताले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा इन्डियन आइडल १२ का विजेता पवनदीप राजनले संगीत दिएका छन्। चलचित्रको प्रमोशनका क्रममा शुक्रबार चलचित्रका कलाकार भिक्टोरिया मेमोरियलमा पुगेका थिए।

यो फिल्म प्रेम गीत फ्रेन्चाइजको फलोअप हो, जसले अहिलेसम्म दुईवटा ब्लकबस्टर प्रेम गीत १ र २ निर्माण गरिसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×