हेलम्बूका आगलागी पीडितलाई राहत

सिन्धुपाल्चाेक । हेलम्बु गाउँपालिकाको इचोकमा भएको आगलागी पीडितलाई नेकपा (एमाले)ले राहत सामग्री वितरण गरेको छ । नेकपा (एमाले) हेलम्बु गाउँपालिका कमिटीले सहयोग सङ्कलन गरी प्रतिपरिवार नगद रु १३ हजारका दरले तीन परिवारलाई ३९ हजार वितरण गरिएको एमालेका नेता एवं गुड ह्याण्ड्स नेपालका अध्यक्ष दावा ह्योल्मोले जानकारी दिनुभयो । 

घेवाका लागि आवश्यक एक लाख बराबरको पूजा सामग्रीसमेत हस्तान्तरण गरिएको ह्योल्मोले जानकारी दिनुभयो । एमाले बागमती प्रदेश कमिटी सदस्य हस्त पण्डितले पीडित परिवारलाई सो सामग्री हस्तान्तरण गर्नुभएको थियो । गत मङ्सिर ६ गते साँझ इचोक सुर्सिङ झाँक्रीटोलमा आगलागी हुँदा तीन बालकको ज्यान गएको थियो । ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा मकैको ढोड र खोस्टामा आगो सल्किँदा आगलागी भएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×