भारत। अहिले बलिउड अभिनेत्री केटरिना केफ र अभिनेता विक्की कौशलको विवाहसँग सम्बन्धित खबरले भारतीय सञ्चार माध्यम भरिएको छ। ९ डिसेम्बरमा हुने विवाहमा गोपनियताको विशेष ख्याल गरिएको छ। वैवाहिक कार्यक्रममा एकदम नजिकका मान्छेहरुको मात्र उपस्थिती रहनेछ। विवाहको तस्विर र भिडियो लिक नहोस भनेर विशेष प्रबन्ध गरिएको छ। हालै एक रिपोर्टमा दावा गरिएको थियो कि केटरिना र विक्कीको विवाहको तस्विर र भिडियोको अधिकार एक अन्तराष्ट्रिय म्यागेजिनलाई दिइएको छ। तर हालै प्राप्त खबरका अनुसार तस्विर र भिडियोका लागि एक ओटिटि कम्पनीले ठुलो धनराशिको प्रस्ताव राखेको छ। रिपोर्टका अनुसार ओटिटि कम्पनीले तस्विर र भिडियोका लागि १०० करोडको प्रस्ताव गरेको छ। कम्पनीले विवाहको तस्विर र भिडियो ओटिटि प्ल्याटफर्मबाट सार्वजनिक गर्नेछ।