गायक हेमन्त शर्माको नयाँ गीत ‘गुनासो छैन मायालु’ सार्वजनिक

काठमाडौँ - गायक हेमन्त शर्माले नयाँ गीत सार्वजनिक गरेका छन्। आइतबार ‘गुनासो छैन मायालु’ बोलको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा गायक शर्माले धोका दिने मायालुको सम्झना गरेका छन्। उनले गीतमा धोकाप्रति पनि कृतज्ञता प्रकट गरेका छन्।  गीतमा शब्द तथा संगीत पनि गायक शर्माकै छ भने संगीत संयोजन कमल थापा मगरले गरेका छन्।

निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडिओमा गायक शर्माका साथमा समिक्षा क्षेत्रीको अभिनय छ। सुरेश थापाले छायांकन गरेको म्युजिक भिडिओलाई विकास धमलाले सम्पादन गरेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×