विनोदको कप्तानीमा आर्मीको टोली घोषणा

काठमाडौँ - विकेटकिपर विनोद भण्डारीको कप्तानीमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ.

उपाधिको दाबेदार आर्मीको टोलीमा विनोद, सोमपाल कामी, रोहित पौडेल र अर्जुन साउद लगायतका खेलाडी छन्। साविक विजेता समेत रहेको आर्मीको टोली सन्तुलित रहेको छ। आर्मीको टोलीमा तीव्र गतिका बलर विक्रम सोब टोलीमा फर्किएका छन्। सोबले चोटका कारण नवौं राष्ट्रिय खेलकुद गुमाएका थिए।

आर्मी समूह बी मा रहेको छ। समूह बी मा नेपाल पुलिस क्लब, लुम्बिनी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश १ रहेका छन्। आर्मीले उद्धघाटन खेलमा कार्तिक १३ मा टियु मैदानमा एपिएफसँग खेल्दै सुरुवात गर्नेछ। आर्मीले दोस्रो खेल सुदूरपश्चिमसँग टियुमा नै कार्तिक १८ मा खेल्नेछ। त्यसपछि मुलपानीमा कार्तिक २० मा गण्डकी र कार्तिक २२ मा कर्णालीसँग खेल्नेछ। कार्तिक २४ मा सेमिफाइनल र कार्तिक २६ मा फाइनल हुनेछ।

आर्मीको टोलीमा: विनोद भण्डारी (कप्तान तथा विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), हरि चौहान, भीम सार्की, रोहित पौडेल, राजेश पुलामी, सोनु तामाङ, कुशल मल्ल, सोमपाल कामी, विक्रम सोब, सुशन भारी, साहब आलम, आकाश चन्द र जितेन्द्र मुखिया

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×