मनिषा कोइराला अभिनित चलचित्र ओस्कारमा

काठमाडौँ। मनिषा कोइराला अभिनित चलचित्र ‘इन्डिया स्विट्स एन्ड स्पाइसेस’ ९४ औं एकेडेमी (ओस्कार) अवार्डमा समावेश भएको छ। विभिन्न विधामा प्रतिस्पर्धा गर्ने २ सय ७६ वटा चलचित्रको नाम ओस्कारले सार्वजनिक गरेको छ।

यो कुराको जानकारी कोइरालाले आफ्नो सामाजिक सञ्जालमार्फत दिएकी हुन्। चलचित्र २०२१ मा रिलिज भएको थियो। गीता मलिकको निर्देशन तथा लेखन रहेको अमेरिकी कमेडी ड्रामा चलचित्र १९ नोभेम्बर २०२१ मा अमेरिकामा रिलिज भएको थियो। चलचित्रमा सोफिया अली, मनिषा कोइराला, ऋष शाह र आदिल हुसैनको अभिनय रहेको छ।

२७ मार्चमा ओस्कार अवार्डको घोषणा गरिनेछ। मनोनयनका लागि २७ जनवरीदेखि १ फेब्रुअरीसम्म भोटिङ गर्न सकिनेछ। ओस्कारमा मनोनयन हुने चलचित्रको अन्तिम सूची  ८ फेब्रुअरीमा सार्वजनिक गरिनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×